२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । कोरोना संक्रमणबाट मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । ४२ वर्षे डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः५७ मा निधन भएको हो ।
डा. सुवेदी कोटेश्वरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक तथा निर्देशक थिए । अस्पतालका व्यवस्थापक डा. अमृत भुषालका अनुसार डा. सुवेदीमा २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टिपछि गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार भइरहे पनि अवस्था जटिल बनेपछि थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्समा चार दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij