२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
कोटेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर प्रचण्ड देउवालाई भेट्न पुगेका हुन् । देउवा निवासस्रोतका अनुसार अहिले दुई नेताबीच छलफल चलिरहेको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले दुई नेताबीच भेटघाट हुनु सामान्य विषय भएको बताए । 'आउनेर जाने भइरहन्छ । यो सामान्य कुरा हो' सहमहान्त्री महतले भने ।
फुटतर्फ अघि बढेको एमालेलाई एकताबद्ध पार्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति सार्वजनिक आह्वान गरेका थिए ।
उनले एमालेका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर गरेको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त समेत अघि सारेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij