Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

प्रदेश २ : नेपाली कांग्रेस र माओवादी केन्द्र आजै सरकारमा सहभागी हुने तयारी   

प्रदेश २ : नेपाली कांग्रेस र माओवादी केन्द्र आजै सरकारमा सहभागी हुने तयारी   


  • 5.0K
    Shares

    प्रदेश २ : नेपाली कांग्रेस र माओवादी केन्द्र आजै सरकारमा सहभागी हुने तयारी   
    images

    जनकपुरधाम । प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आजै सहभागी हुने तयारी गरेका छन् ।

    मुख्यमन्त्री लालबाबु राउतले सकेसम्म आज साँझसम्म कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

    सरकारमा सहभागी हुने कांग्रेस र माओवादी केन्द्र सकारात्मक छन् । दुवै पक्षसँग सरकारले विभिन्न चरणमा छलफल तीव्र पारेका छन् ।

    अहिले सरकार र कांग्रेस वार्ताटोलीबीच सरकारमा सहभागी हुने विषयमा छलफल चलिरहेको छ । वार्तामा सरकार पक्षबाट भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र साह, समाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योगा वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय छन् ।

    यस्तै कांग्रेसको तर्फबाट दलका सचेतक उपेन्द्र कुशवाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र साह सहभागी छन् । सरकारमा के कति मन्त्रालय लिएर कांग्रेस सहभागी हुने विषयमा वार्ता चलिरहेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए ।

    ‘के कति मन्त्रालय लिने दिने विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ । कांग्रेस सरकारमा जान सकारात्मक छ । सम्भवतः आज साँझ वा बिहानसम्ममा हामी सरकारमा सहभागी हुन्छौँ’, दलका नेता यादवले भने ।

    माओवादी संसदीय दलको बैठक पनि दुईपटक भइसकेको उनले बताए । ‘सरकारसँग पटक–पटक भएको वार्ता तथा छलफल सकारात्मक छ । सरकारले ल्याउन लागेको बजेट तथा नीति कार्यक्रममा हाम्रो पार्टीको तर्फबाट केही प्रस्तावहरु पेश गर्नुपर्ने हाम्रो शर्त छ । सरकार पनि तयार छ’, उनले भने ।

    त्यसैले सम्भवतः मन्त्रालयको टुंगो लगाएर चाँडै सरकारमा सहभागी हुने सम्भावना बढेको उनले बताए । स्रोतका अनुसार आज दिउँसो मन्त्रालयको टुंगो लगाएर साँझसम्ममा सरकारमा सहभागी हुने माओवादी केन्द्रको तयारी छ ।

    सरकारले केही मन्त्रालय फुटाएर कांग्रेस र माओवादीको पोल्टामा दिने गरी सरकारले छलफल गरिरहेका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई आइतबार नै उपेन्द्र यादव पक्षले जसपा संसदीय दलको नेतामा चयन गरेको थियो ।

    कांग्रेस र माओवादी सत्ता साझेदारी गरी सरकारमा सहभागी हुन सकारात्मक भएपछि मुख्यमन्त्री राउतले आइतबार राति नै महन्त ठाकुर पक्षका तीन राज्यमन्त्रीसहित चार मन्त्रीलाई बर्खास्त गरेका थिए ।

    ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछि उपेन्द्र यादव आफैँ सक्रिय भएर प्रदेश २ सरकारको सत्ता समीकरण फेरबदल गर्न सक्रिय भएका छन् ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १२:५८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij