२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिका–इरानबीचको बढ्दो सैन्य तनाव, स्ट्रेट अफ होर्मुज र बाब अल–मन्दब जलमार्गमा सिर्जना भएको सुरक्षा संकट तथा तेल ट्याङ्करमाथि भएका आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार पाँचौँ दिन पनि बढेको हो ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ कच्चा तेलको मूल्य बिहीबार २ दशमलव ६ प्रतिशतले बढेर प्रति ब्यारेल ९६ डलर ४९ सेन्टमा पुगेको छ । यो मूल्य जुन ८ यताकै उच्च हो ।
बिहिबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट ९डब्लुटीआई० क्रुडको भाउ पनि १ दशमलव ८ प्रतिशतले बढेर प्रति ब्यारेल ८८ डलर ४२ अमेरिकी डलरमा पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij