Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

प्रहरी र स्थानीयबीच झडप, डिएसपीसहित ६ जना घाइते

प्रहरी र स्थानीयबीच झडप, डिएसपीसहित ६ जना घाइते


  • 6.9K
    Shares

    प्रहरी र स्थानीयबीच झडप, डिएसपीसहित ६ जना घाइते
    images

    रौतहट । रौतहटको गरुडा बजारका प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा डिएसपीसहित ६ जना प्रहरी घाइते भएका छन् ।

    कोरोना संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको रौतहटको गरुडा पुगेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रम शाहले बताएका छन् ।

    गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेको थियो । प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरिएको एसपी शाहको भनाइ छ ।

    प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ । अहिले रौतहटको गरुडा बजारमा दर्जनौ प्रहरी परिचालन गरिएको निषेधाज्ञा रहेकाले कसैलाई पनि बाहिर ननिस्कन प्रहरीले माइकिङ गरेको छ ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १२:२९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij