Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज पनि सुन चाँदीको मूल्यमा वृद्धि

आज पनि सुन चाँदीको मूल्यमा वृद्धि


  • 855
    Shares

    आज पनि सुन चाँदीको मूल्यमा वृद्धि
    images

    काठमाडौं । साताको पाचौ कारोबारबो दिन बिहिबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो।

    साथै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

     १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो।  

     

    images
    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - ११:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij