Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

गण्डकीमा जसपा सांसदलाई मन्त्रीको अफर

गण्डकीमा जसपा सांसदलाई मन्त्रीको अफर


  • 5.3K
    Shares

    गण्डकीमा जसपा सांसदलाई मन्त्रीको अफर
    images

    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेशका मुख्यमन्त्रीबाट आफ्ना पार्टीका सभासदहरुलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन् ।

    आज बिहान ट्विट गर्दै उनले सत्ता जोगाउन प्रधानमन्त्री केपी ओलीकै शैलीमा मन्त्रीको लोभ देखाइएको बताएका हुन् । उनले सुनको बाला लिएर लोभी वटुवाको सिकार गर्ने बाघको कथा स्मरण गर्दै लोभमा नफस्न सभासदलाई सचेत पनि गराएका छन् ।

    जसपाका सभासद केन्द्रले स्वीकृति दिए धरापमा परेको गण्डकी सरकारमा मन्त्री हुन जान तयार भएको र यो अभियानमा पूर्वएमालेबाट जसपा आएका नेताहरु नै लागेको गाइँगुइँ चलिरहँदा भट्टराईको भनाइ सार्वजनिक भएको हो ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - ११:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij