Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध


  • 596
    Shares

    फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध
    images

    काठमाडौं । फ्रान्सको संसद्ले १५ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था गर्दै नयाँ कानुन पारित गरेको छ । यससँगै फ्रान्स यस्तो प्रतिबन्ध लागु गर्ने युरोपियन युनियनको पहिलो देश बनेको बीबीसीले जनाएको छ । 

    यो कानुन आगामी जनवरीदेखि लागु हुने बताइएको छ । कानुनअनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न चाहने प्रत्येक व्यक्तिले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।

    बालबालिकाको मानसिक स्वास्थ्यप्रति बढ्दो चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले यो कानुन ल्याइएको बताइएको छ । बेलायत र युरोपेली संघले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आफ्नै सीमा र नियमहरू तयार गरिरहेको बताइएको छ । 

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले संसद्‌बाट कानुन पारित भएकोमा स्वागत गरेका छन् । उनले यसअघि आफ्नो कार्यकाल समाप्त हुनुअघि यस्तो कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

    यद्यपि, यो कानुनको व्यावहारिक कार्यान्वयनबारे केही पक्षले शंका व्यक्त गरेका छन् । तर, सरकारले उमेर प्रमाणीकरणका लागि प्रयोग गरिने अनलाइन प्रणाली प्रभावकारी र सुरक्षित हुने दाबी गरेको छ ।

    केही वामपन्थी नेताहरूको आलोचनाका बाबजुद फ्रान्सेली सिनेट र नेसनल एसेम्ब्लीले मंगलबार यो विधेयक पारित गरेका हुन् ।

    यो प्रतिबन्ध दुई चरणमा लागु हुने बताइएको छ । आउँदो सेप्टेम्बरदेखि १५ वर्षभन्दा कम उमेरका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन् ।

    साथै, सबै नयाँ खाताका लागि उमेर प्रमाणीकरण अनिवार्य हुनेछ । जनवरी २०२७ देखि यो नियम पहिलेदेखि सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल खातामा पनि लागु हुने उल्लेख छ । त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न चाहने सबै प्रयोगकर्ताले आफू १५ वर्षभन्दा माथिको भएको प्रमाण पेस गर्नुपर्नेछ । 

    प्रतिबन्ध लागु भएपछि सामाजिक सञ्जाल प्लेटफर्महरूले फ्रान्सेली गोपनीयता नियामक निकायबाट स्वीकृत उमेर प्रमाणीकरण प्रणाली प्रयोग गर्नुपर्ने रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १४:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij