Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

बर्खास्तीमा परेका सोनल झोला लिएर मोटरसाइकलमा चढेर क्वाटर छाडे

बर्खास्तीमा परेका सोनल झोला लिएर मोटरसाइकलमा चढेर क्वाटर छाडे


  • 4.6K
    Shares

    बर्खास्तीमा परेका सोनल  झोला लिएर मोटरसाइकलमा चढेर क्वाटर छाडे
    images

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले बर्खास्त गरेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल मोटरसाइकलमा चढेर क्वाटर छाडेका छन् ।

    आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै मन्त्री सोनल झोला लिएर मोटरसाइकलमा चढेर बाहिरिएका हुन् । उनले प्रयोग गर्ने सवारीसधान सरकारलाई जिम्मा लागाएका छन् । राम्रो मन्त्रालयको जिम्मेबारी लामोसमय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्रयोग गर्दै आएका थिए ।

    उनले प्रदेश २–०२–००१ झ ००७४ नम्बरको हेक्सा जीप, ज १ झ ४३५ नम्बरको स्टर्म सफारी, को १ झ ४ सय ९९ नम्बरको महेन्द्र जीप, ज १ ब ७९५, ज १ ब ८०१ नम्बरको दुईवटा टिभीएस मोटरसाइकल र ज ११ प ३३४८ नम्बरको यमहा कम्पनीको मोटरसाईकल उनले प्रयोग गर्ने गरेका थिए ।

    उनले मन्त्रालयका योजनामा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै अगाडि एक व्यक्तिले आरोप लगाएका थिए ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - ११:४०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij