२०८२ भाद्र १८ गते बुधवार
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । हप्तौंपछि भारतमा दैनिक संक्रमितको संख्या १ लाखमा सीमित भएको हो । भारतमा हालसम्म २ करोड ८९ लाख ९ हजार ९७५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै, सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । सोमबार बिहानसम्म १ लाख ७४ हजार ३९९ जना संक्रमणमुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या १४ लाख १ हजार ६०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ४२७ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ लाख ४९ हजार १८६ जनाको मृत्यु संक्रमणका कारण भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij