Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

प्रधानन्यायाधीश राणालाई बिसन्चो भएपछि संवैधानिक इजलास स्थगित

प्रधानन्यायाधीश राणालाई बिसन्चो भएपछि संवैधानिक इजलास स्थगित


  • 5.7K
    Shares

    प्रधानन्यायाधीश राणालाई बिसन्चो भएपछि संवैधानिक इजलास स्थगित
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई ‘बिसन्चो’ भएपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलास नबस्ने भएको छ ।

    सर्वोच्च अदालतका कर्मचारीहरूले प्रधानन्यायाधीश राणालाई बिसन्चो भएको जानकारी संवैधानिक इजलासका अन्य न्यायाधीशहरूलाई दिएका छन् । उनीहरूले चारै जना न्यायाधीशलाई आज संवैधानिक इजलास पनि स्थगित भएको जानकारी गराएका छन् ।

    आइतबार प्रधानन्यायीश राणाले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए ।

    संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय कार्की र भट्टराईका विषयमा सरकारी पक्षले प्रश्न उठाएको थियो । महान्यायाधीवक्त रमेश वडालसहितका सरकारी पक्षका कानून व्यवसायीले न्यायाधीशद्वय कार्की र भट्टराई संवैधानिक इजलासबाट अलग हुनुपर्ने माग गरेका थिए ।

    कार्की र भट्टराई संवैधानिक इजलासमा बस्दा निष्पक्षता कायम हुनेमा विश्वास नभएको सरकारी पक्षका कानून व्यवसायीको भनाइ थियो । जसले गर्दा आइतबार दिनभर यहि विवादमा बहस भएको थियो ।

    सरकारी पक्षका कानून व्यवसायीको भनाइमा रिट निवेदक पक्षका कानून व्यवसायीले प्रतिबाद गरेका थिए । उनीहरूले कार्यपालिकाले न्यायपालिकाको हुर्मत लिएको बताएका थिए ।

    आइतबार न्यायाधीशको विषयमै विवाद भएपछि प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुन सकेको थिएन् । प्रधानन्यायाधीश राणाले आजका लागि पेशी तोकेका थिए ।

    तर, आज प्रधानन्यायाधीश राणालाई ‘बिसन्चो’ भएको जनाउँदै सर्वोच्च अदालतका कर्मचारीले बाँकी चार जना न्यायाधीशलाई आज संवैधानिक इजलास स्थगित भएको जानकारी दिएका छन् ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १०:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij