Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

ओलीको एकता प्रस्तावबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

ओलीको एकता प्रस्तावबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै


  • 5.4K
    Shares

    ओलीको एकता प्रस्तावबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै
    images

    काठमाडौँ । नेकपा एमाले एकताका विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले ६ बुँदे प्रस्तावअघि सारेपछि माधव-झलनाथ समूहको आकस्मिक बैठक बस्दै छ ।

    अध्यक्ष ओलीले आइतबार राती आफू एमाले एकताका पक्षमा रहेको भन्दै माधव-झलनाथ समूहसमक्ष ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनले प्रस्तावको चार नम्बर बुँदामा विपक्षी दलका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै गरिएको हस्ताक्षर फिर्ता लिनु पर्ने सर्त राखेका छन् ।

    ओलीको ६ बुँदे प्रस्तावका विषयमा माधव-झलनाथ समूहका नेताहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । नेताहरूबाट फरक फरक धारणा आइरहँदा माधव-झलनाथ समूह बैठकबाट संस्थागत धारणा बनाउन आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको हो । एक नेताका अनुसार बैठक ११ बजे भर्चुअलमा रूपमा बस्नेछ ।

    नेपाल समूहमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा. विजय पौडेल, राजेन्द्र राई लगायत नेता ओलीसँग सम्झौता गर्न नहुने पक्षमा छन् ।

    सो समूहका नेता योगेश भट्टराईले ओलीको प्रस्तावलाई सकारात्मक भनेका छन् । यस्तै गोकर्ण विष्ट पनि सकारात्मक नै छन्। तर नेतृ रामकुमारी झाँक्री र जगन्नाथ खतिवडाले ओलीले अलमल्याउन खोजेको बताएका छन् । नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेताको प्रस्ट धारणा आइसकेको छैन ।

    एमाले अध्यक्ष ओलीले आइतबार साँझ पार्टीलाई २ जेठ २०७५ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै माधव नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्तावमा केही सर्त राखेर राखेर एकताका लागि प्रस्ताव गरेका थिए ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १०:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij