Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

इरानी सेनाको आक्रमणमा परि शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु

इरानी सेनाको आक्रमणमा परि शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु


  • 1.0K
    Shares

    इरानी सेनाको आक्रमणमा परि शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु
    images

    काठमाडौं । जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना सैनिक अझै बेपत्ता भएका छन् । जुन घटनाको आधिकारी पुष्टिअमेरिकी सैन्य अधिकारीहरूले गरेका हुन् । 

    अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप) का अनुसार, आक्रमणमा घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो, जसमध्ये सामान्य चोट लागेका सैनिकहरू भने पुनः आफ्नो ड्युटीमा फर्किएका छन् । सुरक्षा संवेदनशीलता र परिवारको सम्मानका लागि अमेरिकी सेनाले मृतकहरूको पहिचान र घटनास्थलको विस्तृत विवरण अहिले सार्वजनिक गरेको छैन ।

    यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले शनिबार राति इरानमाथि पुनः हवाई हमला गरेको छ । सेन्टकपका अनुसार लगातार आठौँ रात गरिएको यस सैन्य कारबाहीको मुख्य उद्देश्य हर्मुज स्ट्रेट (जलडमरुमध्य) मा व्यावसायिक जहाजहरूका लागि खतरा पैदा गर्ने इरानको सैन्य क्षमतालाई कमजोर पार्नु हो ।

    सेन्टकपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो हमलाको उद्देश्य इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का ती शक्तिहरूलाई तुरुन्तै सजाय दिनु हो, जसले अघिल्लो रात जोर्डनमा अमेरिकी सैनिकहरूमाथि आक्रमण गरेका थिए ।'

    अमेरिका र इरानबीच गत जुन महिनामा भएको प्रारम्भिक युद्धविराम एक महिना पनि नटिक्दै भङ्ग भएपछि विगत एक हप्तादेखि दुई देशबीचको विवाद पुनः चुलिएको छ । अमेरिकाले इरानी बन्दरगाहहरूमाथि फेरि नाकाबन्दी लागू गरेको छ भने जवाफमा इरानले हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द  गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - ०८:४७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij