Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २५ मा संक्रमण पुष्टि

बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २५ मा संक्रमण पुष्टि


  • 4.6K
    Shares

    बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा  २५ मा संक्रमण पुष्टि
    images

    विराटनगर । विराटनगरको बाल सुधार गृहमा रहेका २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । ५० जनाको पिसिआर परीक्षण गर्दा आधालाई कोरोना देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

    सुधारगृहमा क्षमताभन्दा धेरैलाई राखिएको छ। ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् । गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

    जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । २२ जनाको रिपोर्ट आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन ।

    सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ । जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते आउँदा २२ जनामा कोरोना देखिएको भएपनि अन्य बालकको परीक्षण अझै भएको छैन ।

    सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ । जेठ १३ गते स्वाब सङ्कलन गरिएका बालकको रिपोर्ट ढिलो आएकोले अन्य बालकको परीक्षणमा ढिलाई भएको उनको दावी छ ।

    सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएकोले उनीहरुमा कोरोना फैलिएको हो । सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १४:०१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij