२०८२ भाद्र १७ गते मंगलवार
गोरखा । गोरखाको पालुङटार नगरपालिका-९ बिर्दीबजार नजिकै भएको ट्र्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि धादिङको दार्खा घर भएका २० वर्षका याकुब तामाङको मृत्यु भएको डीएसपी प्रकाश दाहालले बताउनुभयो ।
ग १ त ४२७८ नम्बरको ट्र्याक्टर गएराति पौने १० बजेतिर सडकबाट १० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । खोप्लाङको मसानेठाँटीबाट बिर्दीतर्फ गइरहेको खाली ट्र्याक्टर दुर्घटना भएको हो ।
मृतकको शव घटनास्थलमै छ । उनका आफन्त धादिङबाट घटनास्थलमा आइपुगेका छन् । उनीहरुले ट्र्याक्टर धनीसँग घटनास्थलमै कुरा गरेपछि मात्रै शव उठाउने अडान लिएका छन् । ट्र्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको डीएसपी दाहालले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij