२०८२ भाद्र १७ गते मंगलवार
जनकपुरधाम । सिरहाको मिर्चैयामा एक जना औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ।
मिर्चैया नगरपालिका ५ का औषधि व्यवसायी रामसागर साफीमाथि शनिवार राति पौने ८ बजे अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धानको लागि तीन जना नियन्त्रणमा लिएको छ । घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइहरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij