२०८२ भाद्र २ गते सोमवार
जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री समेत रहेका राउतलाई संसदीय दलको नेता चयन गरेको हो । उनलाई बहुमतले संसदीय दलको नेता चयन गरिएको बैठकमा सहभागी एक सांसदले बताए ।
संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी एकीकरण भए पनि प्रदेश २ मा संसदीय दल एकीकरण भएको थिएन । दुवै संसदीय दललाई एकीकरण गरी आज संसदीय दलको नेता चयन गरिएको ति सांसदले बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा संसदीय दलको बैठक बसेको हो । जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछि यादव पक्षले प्रदेश २ मा आफ्नो पक्षका राउतलाई संसदीय दलको नेता चयन गरेको हो ।
प्रदेश २ मा तत्कालीन संघीय समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद थिए । राजपाका केही सांसद पनि आजको बैठकमा सहभागी भएको ति सांसदले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij