Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई अलग हुन महान्यायाधिवक्ताको आग्रह

संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई अलग हुन महान्यायाधिवक्ताको आग्रह


  • 5.7K
    Shares

    संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई  अलग हुन महान्यायाधिवक्ताको आग्रह
    images

    काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई अलग हुन आग्रह गरेका छन् ।

    जेठ १८ गते दुवै न्यायाधीशले दिएको रायले सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै महान्यायाधिवक्ता बडालले उक्त आग्रह गरेका हुन् । गत फागुन २३ गते नेकपा नाम सम्बन्धि मुद्दाको फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसको पुनरावलोकन नदिने इजलासमा सहभागी न्यायाधीश तेजबहादुर केसीले संवैधानिक इजलास छोड्नुपर्ने भनेर जेठ १८ गते न्यायाधीशद्वय कार्की र भट्टराईले राय पेस गरेका थिए ।

    केसी र श्रेष्ठले इजलासबाट बाहिरिन नमानेपछि कार्की र भट्टराईले इजलास छोडेका थिए । महान्यायाधिवक्ता बडालले भने, 'दुईजना न्यायाधीश नबसिदिनुहुन निवेदन गर्छु ।' बडालले न्यायाधीशहरूले नै न्यायालयलाई ओह्रालोतिर धकेलिरहेको पनि आरोप लगाएका छन् । एकपक्षीय रूपमा अदालत अघि बढेको उनको भनाइ थियो ।

    गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्धका मुद्दाका सुनुवाइका क्रममा सरकारी पक्षले रिट निवेदकले जति समय नदिइएको भनेर आरोप पनि बडालले लगाए । उनले प्रक्रियामा 'जस्टिस' गर्न आग्रह गरेका छन् ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १३:०५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij