Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

साथीको हेपाइ सहन नसक्दा ९ वर्षीया बालिकाले स्कूलको चौथो तलाबाट हाम फालिन्

साथीको हेपाइ सहन नसक्दा ९ वर्षीया बालिकाले स्कूलको चौथो तलाबाट हाम फालिन्


  • 1.3K
    Shares

    साथीको हेपाइ सहन नसक्दा ९ वर्षीया बालिकाले स्कूलको चौथो तलाबाट हाम फालिन्
    images

    काठमाडौं । विद्यालयमा साथीहरूबाट बारम्बार हुने हेपाइ, जिस्क्याइ र अपमानजनक व्यवहार (बुलिङ) सहन नसकेपछि भारतमा एक ९ वर्षीया बालिकाले विद्यालयको भवनबाट हाम फालेर ज्यान गुमाएकी छन्। यो दुःखद घटना भारतको जयपुरस्थित नीर्जा मोदी स्कुलमा भएको हो।

    पीडित परिवारका अनुसार ९ वर्षीया अमायरा मीणा लामो समयदेखि सहपाठीहरूको मानसिक र भावनात्मक दुर्व्यवहारको सिकार हुँदै आएकी थिइन्। उनले आफूमाथि भइरहेको यो पीडा पटक-पटक शिक्षिकालाई सुनाएकी थिइन्। तर, विद्यालय प्रशासनले सो गुनासोलाई गम्भीर रूपमा नलिएको र पूर्ण रूपमा बेवास्ता गरेको परिवारको आरोप छ।

    घटनाको दिन अमायरा कक्षाकोठाबाट बाहिर निस्केर विद्यालय भवनको चौथो तलामा पुगेकी थिइन् र त्यहाँबाट हाम फालेकी थिइन्। सो हृदयविदारक घटनाको सीसीटीभी फुटेज आठ महिनापछि सार्वजनिक भएको छ, जुन अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ।बालिकाका अभिभावकले प्रिन्सिपल, विद्यालयका संस्थापक र व्यवस्थापनविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष पुनः अनुसन्धान हुनुपर्ने अडान राखेका छन्। यद्यपि, विद्यालय प्रशासन र स्थानीय प्रहरीले यस विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

    विद्यालयमा हुने बुलिङु सामान्य जिस्क्याइ वा रमाइलो मात्र होइन। यो शारीरिक, मानसिक, भावनात्मक वा साइबर माध्यमबाट गरिने गम्भीर दुर्व्यवहार हो। यस अन्तर्गत कसैलाई निरन्तर गाली गर्ने, होच्याउने, धम्क्याउने, समूहबाट बहिष्कार गर्ने वा सामाजिक सञ्जालमार्फत अपमान गर्ने कामहरू पर्दछन्।

    अभिभावक, शिक्षक र विद्यालय प्रशासनले बालबालिकाबीच हुने यस्ता व्यवहारलाई सानो मजाकु ठानेर बेवास्ता गर्नु हुँदैन। सानो अपमानले पनि उनीहरूको मस्तिष्कमा गहिरो मानसिक चोट पुऱ्याउन सक्छ। त्यसैले विद्यालयहरूलाई सबैका लागि सम्मानजनक, सुरक्षित र सहयोगी वातावरण बनाउनु आजको प्रमुख आवश्यकता बनेको छ।

     

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १३:२८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij