Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

भारतमा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै, मृत्युदरमा पनि कमी

भारतमा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै, मृत्युदरमा पनि कमी


  • 6.6K
    Shares

    भारतमा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै, मृत्युदरमा पनि कमी
    images

    छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या केही दिनयता निरन्तर घटिरहेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उक्त अवधिमा २ हजार ६७७ जनाको ज्यान गएको छ ।

    पछिल्लो आकंडासँगै हालसम्म २ करोड ८८ लाख ९ हजार ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख ४६ हजार ७५९ जनाले संक्रमणका कारण ज्यान गुमाउन पुगेका छन् ।

    त्यस्तै संक्रिय संक्रमितको संख्या समेत निरन्तर घटिरहेको छ । सक्रिय संक्रमितको संख्या घटेर १४ लाख ७७ हजार ७९९ पुगेको छ । हालसम्म २३ करोड १३ लाख २२ हजार ४१७ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । एजेन्सी

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १२:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij