Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

राउटे समूदायकी युवतीमाथि दुर्व्यवहार, होटल सञ्चालकसहित तीन जना पक्राउ

राउटे समूदायकी युवतीमाथि दुर्व्यवहार, होटल सञ्चालकसहित तीन जना पक्राउ


  • 4.8K
    Shares

    राउटे समूदायकी युवतीमाथि दुर्व्यवहार, होटल सञ्चालकसहित तीन जना पक्राउ
    images

    काठमाडौँ । लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।

    राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।

    सामाजिक सञ्जालमा भिडियो फेला परेपछि सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई पक्राउ गरिएो प्रहरीले जनाएको छ ।

    पक्राउ परेका पुन होटल सञ्चालक हुन् । उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए ।

    उनीहरुले युवतीलाई मदिरा सेवन गराइ दुर्व्यवहार गरेका थिए । सार्वजनिक भिडियोमा राउटे युवतीले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छन्। ती युवाहरूले भने जबर्जस्ती भिडियोमा बोल्न लगाएका छन् ।

    पक्राउ परेका उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन् ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - ११:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij