Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानन्यायाधीश राणाले गरे संवैधानिक इजलास पुनर्गठन

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानन्यायाधीश राणाले गरे संवैधानिक इजलास पुनर्गठन


  • 5.6K
    Shares

    प्रतिनिधिसभा विघटन मुद्दा :  प्रधानन्यायाधीश राणाले गरे संवैधानिक इजलास  पुनर्गठन
    images

    काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुँदै छ । यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले  आज (आइतबार) वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।

    इजलासमा राणासहित दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र  आनन्दमोहन भट्टराई रहेका छन् । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।

    बरिष्ठताका आधारमा इजलास गठन गर्दा विश्वम्भर श्रेष्ठ र हरिकृष्ण कार्की भने छुटेका छन् । विश्वम्भर स्वास्थ्यका कारणले छुटेको स्रोतले बताएको छ । उनी पुस ५ मा संसद विघटन भएका बेला संवैधानिक इजलासमा सहभागी थिए ।

    त्यस्तै बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा बस्न अस्वीकार गरेका छन् । अघिल्लो संसद विघटनका बेलामा पनि स्वार्थ बाझिने भन्दै विरोध भएपछि कार्की आफैं पछि हटेका थिए ।

    बरिष्ठतामा रहेका श्रेष्ठ र कार्की इजलासमा नपरेपछि त्योभन्दा मुनिको बरियतामा रहेका ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई संवैधानिक इजलासमा छानिएका हुन् ।  

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १०:५७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij