Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

के धेरै समय सुत्ने बानीले पनि स्वास्थ्य समस्या निम्त्याउछ ?

के धेरै समय सुत्ने बानीले पनि स्वास्थ्य समस्या निम्त्याउछ ?


  • 1.2K
    Shares

    के धेरै समय सुत्ने बानीले पनि स्वास्थ्य समस्या निम्त्याउछ ?
    images

    काठमाडौं । निद्राको आवश्यकता उमेर अनुसार फरक पर्छ । अझ यसमा कत्तिको गहिरो निद्रा पर्छ भन्ने कुराले समय निर्धारण हुने विज्ञहरू बताउँछन् ।

    यदि हामी पूरा निद्रा सुत्छौँ भने शरीर ऊर्जावान हुने र स्वस्थ महसुस गर्न सक्छौँ । कम समय सुत्दा हामीलाई विभिन्न स्वास्थ्य समस्या हुने कुरा धेरै सुनिरहेका हुन्छौं । निर्धारित समय भन्दा बढी सुत्दा चाहिँ के हुन्छ त रु त्यसले हाम्रो स्वास्थ्यमा कुनै हानि पुर्‍याउँछ कि पुर्‍याउँदैन त ?

    मोटोपन
    धेरै सुत्दा मोटोपनको समस्याले सताउन सक्छ । धेरै सुत्दा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ । धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि दैनिक ९ देखि १० घण्टा भन्दा बढी सुत्ने मानिसहरूलाई मोटोपनको जोखिम बढेको छ । जसकारण पाचनसम्बन्धी समस्या पनि हुनसक्छ ।

    मधुमेह
    अत्याधिक सुत्दा मधुमेहको समस्या निम्तने सम्भावना पनि बढ्छ । जब हाम्रो शरीरले लामो समयसम्म कुनै शारीरिक गतिविधि गर्दैन, तब शरीरमा ग्लुकोजको स्तर बढ्न थाल्छ । यति मात्र होइन, धेरै सुत्दा इन्सुलिनको संवेदनशीलतामा नकारात्मक असर पर्न सक्छ, जसले टाइप – २ मधुमेहको जोखिम बढाउन सक्छ ।

    ढाड दुख्ने समस्या
    लामो समयसम्म सुत्दा ढाड दुख्ने, काँध र घाँटीको दुखाइ पनि निम्तिन सक्छ । धेरैबेर सुत्दा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । जसकारण शरीर दुख्ने समस्या सुरु हुन्छ । त्यसैले दिनमा सात(आठ घण्टा मात्रै सुत्नुपर्छ ।

    डिप्रेसन
    धेरै सुत्दा डिप्रेसन हुने सम्भावना पनि बढ्न सक्छ । धेरै लामो सुत्ने व्यक्ति अल्छी र सुस्त हुन्छन्, जसकारण उनीहरूलाई कुनै काम गर्न मन लाग्दैन । यस बाहेक उनीहरू निकै एक्लो महसुस गर्छन् । यस अवस्थालाई निरन्तरता दिंदा व्यक्तिमा बिस्तारै डिप्रेसनको समस्या निम्तिन सक्छ ।

    मुटुरोग
    लामो समय सुत्दा मुटुरोगको जोखिम बढ्छ । केही अध्ययनअनुसार आठ घण्टाभन्दा बढी सुत्ने मानिसमा हृदयघात र पक्षघातको जोखिम बढी हुन्छ । त्यसैले दिनमा आठ घण्टाभन्दा बढी सुत्नु हुँदैन ।

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - ११:४५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij