Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सोमबार सस्तियो सुनचाँदी

सोमबार सस्तियो सुनचाँदी


  • 883
    Shares

    सोमबार सस्तियो सुनचाँदी
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। 

    अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेको हो।

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।

    साथै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ ५० पैसा कायम भएको छ।  

     

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - ११:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij