२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार कायम गरिएको छ। शुक्रबारको तुलनामा प्रतितोला ६०० बढी हो।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति १० ग्राम २ लाख ४६ हजार ९१५ कायम भएको छ।
साथै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ निर्धारण गरिएको छ, जुन शुक्रबारको प्रतितोला ४ हजार ५१० को तुलनामा ३५ कम हो।
चाँदीको प्रति १० ग्राम मूल्य ३ हजार ८३७ कायम भएको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij