Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

युएई-कतारमा इरानले हान्यो ड्रोन र मिसाइल

युएई-कतारमा इरानले हान्यो ड्रोन र मिसाइल


  • 1.1K
    Shares

    युएई-कतारमा इरानले हान्यो ड्रोन र मिसाइल
    images

    काठमाडौं । इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल र ड्रोनबाट जोगिन दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाका छन् ।

    इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन रोक्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको युएईले जनाएको छ । कतारले पनि सुरक्षा जोखिम बढेको भन्दै घरभित्रै सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेको छ ।

    यूएईको रक्षा मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन् । ती आवाज प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोनलाई बीचमै निष्क्रिय पार्ने क्रममा आएका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा न्युजले जनाएको छ ।

    कतारले पनि सुरक्षा सतर्कताको स्तर उच्च बनाएको जनाएको छ । कतारको गृह मन्त्रालयले मोबाइलमा अलर्ट म्यासेज पठाउँदै सुरक्षा निकायका निर्देशन पालना गर्न तथा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन अनुरोध गरेको छ ।

    आइतबार बिहान स्थानीय समयअनुसार करिब ५स्३६ बजे कतारका बासिन्दाको मोबाइल फोनमा आपतकालीन सुरक्षा सन्देश पठाइएको थियो ।  

     

    images
    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १०:४४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij