२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । चर्चित कमेडियन प्रभात लामा फिल्मको हिरो बन्ने भएका छन् । प्रभात फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट हिरोको रूपमा देखिने भएका हुन् । फिल्मको मुख्य भूमिकामा उनी हालै अनुबन्धित भएका छन् ।
फिल्म अभिनयलाई लिएर प्रभात उत्साहित रहेका छन् । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ केही अगाडि सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माणको घोषणा गरिएको हो । अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने फिल्म असार महिनाको अन्तिमबाट छायाङ्कनमा जाने भएको छ ।
फिल्ममा चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त समेत मुख्य भूमिकाको लागि फाइनल भएकी छन् । कमेडी जनरामा निर्माण हुने यस फिल्म पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत हुने निर्देशक सापकोटाले बताए ।
निर्माता रघुनाथ सापकोटा रहेको फिल्म नेपाल वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij