Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

ऐतिहासिक सम्बन्ध सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्छ : प्रम ओली

ऐतिहासिक सम्बन्ध सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्छ : प्रम ओली


  • 8.1K
    Shares

    ऐतिहासिक सम्बन्ध सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्छ : प्रम ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्बन्धलाई सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन् ।

    बीबीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।

    ऐतिहासिक सम्बन्ध रहेको बेलायतले नेपाललाई खोप उपलब्ध गराउनु उसको जिम्मेवारी भएको उनले बताएका छन् । गोर्खा सैनिकको योगदानका आधारमा पनि बेलायतले नेपाललाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।

    'बेलायत सरकार र प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालले भोगिरहेको समस्याबारे विश्वस्त गराउन चाहन्छु', प्रधानमन्त्री ओलीले भनेका छन्, 'नेपाल अहिले विश्वमा नै धेरै संक्रमित देखिएको देश हो । राजधानी भन्दा बाहिरका ग्रमीण क्षेत्रमा पनि अहिले भाइरस फैलिएको छ ।'

    नागरिकलाई भ्याक्सि लगाउन सकेमा यो नियन्त्रण हुने उनले बताएका छन् । त्यो गर्न नसकेमा यो निकै कठिन हुनजाने उनको भनाई छ । उनले नेपालको पुरानो सम्बन्धका आधारमा बेलायतलाई सहयोग उपलब्ध गराउन अपिल गरेका छन् ।

    'गोर्खाहरुले लामो समयदेखि आफ्नो जीवनलाई खतरामा राखेर बेलायतका लागि काम गरिरहेका छन्,' उनले भने, 'उनीहरुका परिवार यहाँ छन् । त्यसैले बेलायत र नेपालबीच गहिरो सम्बन्ध छ ।'

    बीबीसीसँग बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीसँग लड्न बेलाय नेपालको साथमा रहेको बताएका छन् । प्रवक्ताले कोभ्याक्समार्फत नेपाललाई भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । बेलायतले नेपाललाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री पठाएको पनि बताएका छन् ।

    प्रकाशित मिति :जेठ २२ २०७८ शनिवार - ११:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij