Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नेपालमा सिनोभ्याकको खोपले पायो आपतकालीन प्रयोगको अनुमति   

नेपालमा सिनोभ्याकको खोपले पायो आपतकालीन प्रयोगको अनुमति   


  • 6.2K
    Shares

    नेपालमा सिनोभ्याकको खोपले पायो आपतकालीन प्रयोगको अनुमति   
    images

    काठमाडौँ । औषधि व्यवस्था विभागले कोरोना विरुद्धको चिनियाँ खोप ‘कोरोनाभ्याक’लाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।

    चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले बनाएको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो । यो खोप डब्लूएचओबाट अनुमति पाउने दोस्रो चिनियाँ कोरोना खोप बनेको छ ।

    विभागले विज्ञप्ति जारी गरेर ‘कोरोनाभ्याक’ लाई आपतकालिन प्रयोगको अनुमति प्रदान गरिएको जानकारी दिएको हो । यो खोप आयातका लागि बायोमेट्रिक्स प्रालीले आवदेनसमेत दिइसकेको विभागले जनाएको छ ।

    विभागले यसअघि चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपलाई पनि नेपालमा प्रयोगको अनुमति प्रदान गरेको थियो । डब्लूएचओले उक्त खोप १८ वर्ष र त्यसभन्दा माथिका उमेर समूहलाई लगाउन सिफारिस गरेको छ ।

    दुईदेखि चार हप्ताको बीचमा ‘कोरोनाम्याक’ खोप दुई मात्रा लगाइसक्नुपर्ने डब्लुएचओले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २२ २०७८ शनिवार - १०:५५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij