Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बेपत्ता पाकिस्तानी विमान अरब सागरमा भेटियो

बेपत्ता पाकिस्तानी विमान अरब सागरमा भेटियो


  • 1.2K
    Shares

    बेपत्ता पाकिस्तानी विमान अरब सागरमा भेटियो
    images

    शारजाहबाट कराँची जाँदै गर्दा बेपत्ता भएको पाकिस्तानी कार्गो विमानको भग्नावशेष फेला परेको छ। तर त्यसमा रहेका व्यक्तिहरू भने अझै फेला परेका छैनन्।

    पाकिस्तान विमानस्थल प्राधिकरण (पीएए) ले विमानका चालक दलको खोजी जारी रहेको जनाएको छ। खोजीमा पाकिस्तानी नौसेना र वायुसेना संलग्न छन्।

    बुधबार अरब सागरमा बेपत्ता भएको निजी कार्गो विमानको भग्नावशेष ओर्माराको तटबाट ५३ समुद्री माइल दक्षिणमा फेला परेको हो।पाकिस्तानी नौसेना र पाकिस्तान समुद्री सुरक्षाले समुद्रमा १२ घण्टा खोजी गरेपछि विमानको भग्नावशेष भेट्टाएका थिए।

    दुर्घटनामा परेको विमान बोइङ ७३७ हो र यो पाकिस्तानको कराँचीमा रहेको निजी एयरलाइन केटु एयरवेजको हो।

    एयरलाइन्सले विमानमा मोहम्मद रिजवान इद्रिस (पाइलट इन कमान्ड), फैसल महमुद (प्रथम अधिकारी), मोहम्मद तौफिक खान (लोड मास्टर) आरिफ सिद्दीकी (इन्जिनियर) र मोहम्मद हमिद (इन्जिनियर) गरी चालक दलका पाँच सदस्य रहेको बताएको छ।

    पाकिस्तान विमानस्थल प्राधिकरणलाई मंगलबार पाकिस्तानी समयअनुसार राति ९: १८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी भएको सूचना प्राप्त भएको थियो। 

    यसपछि तुरुन्तै कराँची क्षेत्र नियन्त्रण केन्द्रले विमानको निगरानी थालेको थियो। यद्यपि राति ९:२१ बजे राडारमा विमान द्रुत गतिमा ओर्लिरहेको देखाएको थियो तर यसको दिशा अचानक परिवर्तन भएको थियो।

    त्यसको केही समयपछि कराँचीबाट लगभग १५५ समुद्री माइल पश्चिममा विमानसँगको राडार र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

     

    images
    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १०:५१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij