Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हर्मुजमा फेरि अमेरिकाले इरानविरुद्ध ‘भीषण’ हमला

हर्मुजमा फेरि अमेरिकाले इरानविरुद्ध ‘भीषण’ हमला


  • 1.4K
    Shares

    हर्मुजमा फेरि अमेरिकाले  इरानविरुद्ध ‘भीषण’ हमला
    images

    काठमाडौं । हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानविरुद्ध भीषण हवाई आक्रमण गरेको छ।

    जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ। 

    अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका व्यावसायिक जहाजलाई निसाना बनाउनबाट रोक्न यो कारबाही सुरु गरिएको हो।’ 

    यसैबिच इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले आक्रमणलाई गत महिना अमेरिका-इरानबिच भएको शान्ति सम्झौताको उल्लंघन भनेका छन्। 

    उनले चेतावनी दिँदै अगाडि भनेका छन्, ‘यसविरुद्ध इरानले पनि निर्णायक कारबाही गर्नेछ।’ इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले केसम टापु, बन्दर अब्बास र सिरिकमा आक्रमण गरेको हो। अमेरिकाले यसअघि नै चेतावनी दिएको थियो ट्यांकरहरूमा आक्रमण भए इरानले परिणाम भोग्नेछ। 

    मंगलबार राति जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेन्टकमले भनेको छ, ‘हाम्रो हमला इरानले गरेको आक्रमणको प्रतिक्रियामा हो।’

    images
    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १०:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij