२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । वर्षा र आँधीका कारण जनधन क्षति हुन थालेपछि मुम्बईका सबै सरकारी, निजी तथा नगरपालिकाद्वारा सञ्चालित स्कुल र कलेज मंगलबार बन्द गरिएका छन्।
भारतको मौसम विभागले त्यहाँ चेतावनी जारी गरेको छ। बीबीसी हिन्दीका अनुसार सोमबारदेखिको निरन्तर वर्षाले मुम्बई र वरपरका जिल्लामा जनजीवन लगभग भएको छ।
धेरै सडक डुबानमा परेका छन्, रूख उखेलिएका छन्। पर्खाल र होर्डिङ बोर्ड ढलेका छन्। यसैबिच समाचार एजेन्सी पीटीआईले मुम्बईतर्फ जाने मुम्बई-पुणे एक्सप्रेसवे बाइपास सोमबार राति झन्डै १८ घण्टा बन्दपछि पुनः खोलिएको जनाएको छ।
भारी वर्षाका कारण पुणे जिल्लामा छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु भएको छ। पहिरो र पर्खाल भत्किँदा मृत्यु भएकामा एकै परिवारका तीन जना छन्। अन्य दुई जनालाई भेलले बगाएको हो।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij