Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्बको ऋणपत्र

राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्बको ऋणपत्र


  • 1.6K
    Shares

    राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्बको ऋणपत्र
    images

    काठमाडौं ।   नेपाल राष्ट्र बैंकले  २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकले मंगलबार जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख  छ ।

    ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख  छ । 

    काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।  राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।

    आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ ।
    ऋणपत्र निष्कासनको शर्त बमोजिमको अवधिमा निर्धारित ब्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खातामा जम्मा गरिदिने राष्ट्र बैंकले जनाएको छ।

    images
    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - ११:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij