Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते


  • 1.5K
    Shares

    विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा ४७ वटा विपद्का घटना घट्दा अन्य २५ जना घाइते भएका छन् । 

    सर्पदंशका घटनामा सबैभन्दा बढी ३ जनाको मृत्यु भएको छ । बाढी, भारी वर्षा र पहिरोका घटनामा एक–एक जनाको मृत्यु भएको छ भने जनावर आक्रमणमा २ जनाले ज्यान गुमाएका छन् । 

    प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार बाढीका ४, भारी वर्षाका ५, पहिरोका ११, सर्पदंशका १६, चट्याङका ४, वन तथा डढेलोका ५ र जनावर आक्रमणका २ घटना गरी कुल ४७ वटा विपद्का घटना भएका छन् । घटनाबाट ३७ जिल्ला प्रभावित भएका छन् । 

    विपद्का घटनामा सडक अवरोधका ६ वटा घटना भएका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा राहतका कार्य सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म २६३ जना सुरक्षाकर्मी विभिन्न घटनास्थलमा परिचालन भएका छन् ।

    प्राधिकरणका अनुसार विपद्का घटनाबाट करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - १४:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij