२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको वरिष्ठताका आधारमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
राणाले शुक्रबार आफूसहित प्रधानन्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन गरेका हुन् ।
नयाँ जारी गरेको नागरिकता अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने र नेपाली नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले ९ जेठमा नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । लगत्तै तत्काल अध्यादेश कार्यान्वयन नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहित अधिवक्ता विष्णुकुमारी गिरी,रामबहादुर शाहीलगायतले सर्वोच्चमा रिट दिएका थिए ।
यसअघि प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलासमाथि विवाद उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने वचन दिएका थिए । संसद् विघटनविरुद्धका रिटमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij