Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

श्रीमतिको उपचार गर्न नआएको भन्दै शिक्षकले कुटे स्वास्थ्यकर्मी

श्रीमतिको उपचार गर्न नआएको भन्दै शिक्षकले कुटे स्वास्थ्यकर्मी


  • 6.9K
    Shares

    श्रीमतिको उपचार गर्न नआएको भन्दै शिक्षकले कुटे स्वास्थ्यकर्मी
    images

    हुम्ला । हुम्लामा आफ्नो श्रीमतिको उपचार गर्न दैनिक नआएको भन्दै स्वास्थ्यकर्मीमाथि शिक्षकले कुटपिट गरेका छन् ।

    हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक काली बहादुर बुढालाई शिक्षक अमृत रोकायाले कुटपिट गरेका हुन् । चंखेली पुग्न सदरमुकाम सिमीकोटबाट दुई दिन पैदल हिड्नुपर्छ ।

    श्रीमती कोरोना संक्रमित भएर होम आइसोलेसनमा भएका बेला उपचार गर्न नआएको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि कुटपिट गरेका स्थानीयले बताएका छन् ।

    शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढाको शरिरमा आगो लगाउन स्प्रे पनि छरेको स्थानीयको भनाइ छ । तर नजिकै रहेका अरु स्थानीयले रोकेका थिए ।

    घटनाबारे जानकारी आएको र थप अनुसन्धान सुरु गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । 

    यसअघि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा मृत्तकका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गरेका थिए भने केही दिनअघि मोरङमा प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए । 

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १२:५५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij