२०८२ भाद्र १७ गते मंगलवार
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म २ करोड ८५ लाख ७४ हजार ३५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो केही सातादेखि संक्रमितको संख्या घट्दै गएको छ ।
यस्तै, २ लाख ७ हजार ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण एकैदिन थप २ हजार ७१३ जनाको मृत्यु हुँदा देशभर कूल मृतकको संख्या ३ लाख ४० हजार ७०२ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij