Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भेनेजुएला भूकम्प: आठ दिनपछि एक जनाको जीवितै उद्धार

भेनेजुएला भूकम्प: आठ दिनपछि एक जनाको जीवितै उद्धार


  • 3.1K
    Shares

    भेनेजुएला भूकम्प: आठ दिनपछि एक जनाको जीवितै उद्धार
    images

    काठमाडौं  । भेनेजुएलामा आएको विनाशकारी दुइटा शक्तिशाली भूकम्पको आठ दिनपछि एक व्यक्तिलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। १४० टनभन्दा बढी कंक्रिटको भग्नावशेषमुनि पुरिएका हेर्नान गिललाई उद्धारकर्ताहरूले पहिलोपटक फेला पारेको १०० घण्टाभन्दा बढीको कठिन प्रयासपछि सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका हुन्।

    उद्धार कार्यमा खटिएका चिलीका एक फायरफाइटरले यसलाई आफ्नो जीवनकै सबैभन्दा जटिल र प्राविधिक रूपमा कठिन कार्य भनी वर्णन गरेको बीबीसीले जनाएको छ । गत जुन २४ मा भेनेजुएलामा गएको भूकम्पमा परी हालसम्म झन्डै २,३०० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने दशौँ हजार मानिस अझै बेपत्ता छन्।

    कोस्टारिका रेडक्रसका प्यारामेडिक एलन माड्रिगलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो कडा सङ्घर्षपछि गिल एकदमै सकुशल र स्वस्थ अवस्थामा बाहिर निस्किएको बताए। माड्रिगल तिनै उद्धारकर्ता हुन् जसले गत आइतबार भग्नावशेषभित्रबाट गिलले मद्दतका लागि रोएको मधुरो आवाज पहिलोपटक सुनेका थिए।

    भूकम्प जाँदा गिल काटिया ला मारस्थित गालेरियास प्लाया ग्रान्डेु मलसँगै जोडिएको पार्किङ क्षेत्रको अन्डरग्राउन्ड (बेसमेन्ट) मा रहेको एउटा सानो कंक्रिटको बुथभित्र ड्युटीमा थिए। भूकम्पका कारण १४० टन भग्नावशेष उनीमाथि खसे पनि सोही कंक्रिटको सानो बुथले उनको वरिपरि एक सुरक्षा कभचको काम गरेको देखिन्छ।

    उद्धारकर्ताहरूले गिलसम्म पुग्नका लागि बनाएका सुरुङहरू पटक–पटक भत्किँदा उद्धार टोली र गिल दुवैका लागि ठूलो जोखिम पैदा भएको थियो। तर, रातभरिको निरन्तर प्रयासपछि उद्धार टोलीले अन्ततः उनीसँग प्रत्यक्ष सञ्चार र भिजुअल सम्पर्क स्थापित गर्न सफल भएको समाचारमा उल्लेख छ । 

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १५:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij