Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै

निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै


  • 1.2K
    Shares

    निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै
    images

    काठमाडौं । सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूलाई कार्यस्थलमै छिटो र छरितो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आज शुक्रबार देखि उक्त सेवा इकाइ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

    मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।

    निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाइ राखिएको मन्त्रालयले जनाएको छ । उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइने भएको छ ।

    आज मन्त्री प्रतिभा रावलले आफ्नो प्रेसर जाँचसमेत गराएकी छन् ।  

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १५:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij