Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हाँसका चल्लाले सिकाए ट्राफिक अनुशासन

हाँसका चल्लाले सिकाए ट्राफिक अनुशासन


  • 1.8K
    Shares

    हाँसका चल्लाले सिकाए ट्राफिक अनुशासन
    images

    काठमाडौं । सडक पार गर्दा ट्राफिक नियम पालना नगर्ने र जथाभाभी बाटो काट्ने मानिसका लागि जापानबाट एउटा अनौठो र पाठशिकाउने घटना सार्वजनिक भएको छ। 

    जापानको इशिकावा प्रिफेक्चरस्थित कानाजावा इस्ट प्रहरी चौकीको पार्किङ क्षेत्रमा कोरलिएका हाँसका चल्लाहरूले देखाएको अनुपम ट्राफिक अनुशासनले अहिले विश्वभरकै मानिसहरूको मन जितिरहेको छ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यम एनएचके वर्ल्ड-जापानका अनुसार, प्रहरी चौकीको फुलबारीमा फुलबाट भर्खरै निस्किएका १० वटा साना चल्ला र उनीहरूकी आमा हिँड्दै सडकको किनारसम्म पुगेका थिए। 

    सडकको एक किनारबाट अर्को किनारमा पुग्नका लागि हाँसकोउ एउटा बथानले जेब्रा क्रसिङको प्रयोग गरेको छ। आमा हाँसको पछि(पछि लागेका साना चल्लाहरू कतै पनि दायाँ-बायाँ नलागी, एउटै लाइनमा बसेर अनुशासित ढंगले जेब्रा क्रसिङबाट सडक पार गरिरहेका देखिन्छन्।

    व्यस्त सडकमा गुडिरहेका सवारी साधनका कारण उनीहरू जोखिममा परेपछि त्यहाँका करिब १५ जना प्रहरी अधिकारीहरूले विशेष उद्धार टोली नै बनाएर उनीहरूलाई बाटो काट्न सहयोग गरेका थिए।

    अहिलेको व्यस्त समयमा मानिसहरू ट्राफिक बत्ती र जेब्रा क्रसिङको वास्ता नगरी सडकमा दौडिने गर्छन्, जसका कारण दैनिकजसो दुर्घटना हुने गरेका छन्। यस्तो अवस्थामा यी अबोध चल्लाहरूले देखाएको यो व्यवहारले मानिसलाई सडक सुरक्षा र नियमको पालना गर्न ठूलो नैतिक पाठ सिकाएको छ। 

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - ११:४८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij