Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

दुई सुरक्षा सङ्गठनका महानिरीक्षक अमेरिका जाँदै

दुई सुरक्षा सङ्गठनका महानिरीक्षक अमेरिका जाँदै


  • 2.1K
    Shares

    दुई सुरक्षा सङ्गठनका महानिरीक्षक अमेरिका जाँदै
    images

    काठमाडौं । आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका जाँदैछन् । असार २१ मा दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

    मन्त्रिपरिषद्ले यसअघि नै आईजीद्ववयको भ्रमण स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले बताएका छन्।

    युएनको प्रधान कार्यालयमा आयोजित प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीद्ववय अमेरिका प्रस्थान गर्न लागेका छन् । युएनका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलन जुलाई ७ देखि ९ सम्म हुँदैछ ।

    हरेक वर्ष हुने सम्मेलनमा यसअघि सङ्गठन प्रमुखसँगै प्रधान कार्यालयस्थित युएन शाखाका प्रमुख र आईजीका स्टाफ अधिकृत जाने अभ्यास थियो । राष्ट्रसङ्घले सङ्गठन प्रमुख सहित दुई जनाको लागि निमन्त्रणमा पनि पठाउने गरेको थियो ।

    यस पटक निमन्त्रणा आएको भए पनि मन्त्रिपरिषद्ले आईजीद्ववयको मात्र भ्रमण स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताएका छन् ।   

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १०:४३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij