Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज (२०८३ असार १९ गते) कुन राशिको लागि कस्तो ?

आज (२०८३ असार १९ गते) कुन राशिको लागि कस्तो ?


  • 1.3K
    Shares

    आज (२०८३ असार १९ गते) कुन राशिको लागि कस्तो ?
    images

    आज २०८३ असार १९ गते, शुक्रबार, असार कृष्ण तृतिया, शक संवत् १९४७, नेपाल संवत् ११४६,  Jul 03, 2026

    मेष : आज कार्य सम्पन्न हुने दिन छ । आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्ने छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

    वृष : बोलीका प्रभावले काम बन्ने छ। :वा:थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    मिथुन : सहकार्य गरेर व्यापारमा लगानी गर्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले काम बन्ने योग छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने भएकाले कम बोल्नु उचित हुन्छ।

    कर्कट : आज थोरै बोल्नु उचित हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

    सिंह : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट भय र त्रासको जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने छ।

    कन्या :  बोल्दा ख्याल गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ ।

    तुला : सामाजिक प्रतिष्ठा मिल्नेछ । कलाको क्षेत्रमा तपाईंको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ। परिवारको साथमा रमाइलो घुमघामको यात्रा तय हुनेछ।

    वृश्चिक : दिन राम्रो छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। रोगलाई सानो भनेर वेवा:था गर्दा घाटा हुनेछ। काम गर्दा अग्रजको सल्लाह लिएर गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

    धनु : बोलीको प्रभावले काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए नाफा आर्जन हुनेछ। :वा:थ्यमा सुधार हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। परिवारभित्रबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुन्छ।

    मकर : दिन सामान्य छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सञ्चित धन खर्च हुँदा मन उदास हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

    कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले यात्रा सहज बन्ने छ। :वा:थ्यमा सम:या हुँदा मन उदास हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिवको भजन सुनेर मात्र कामको सुरुवात गर्नु राम्रो हुन्छ।

    मीन : पुराना काम सुचारु हुने दिन छ । मनमा खुसी मिल्नेछ । साथीभाईसँगको भेटले नयाँ दीर्घकालिन योजना बन्नेछ । पारिवारिक मेलमिलापको योग रहेको छ 

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - ०५:३६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij