Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर मृत्यु

किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर मृत्यु


  • 4.9K
    Shares

    किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर मृत्यु
    images

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका –५ च्याङरिङमा किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर मृत्यु भएको छ ।

    आगलागीमा परेर किरियापुत्री बसेका मादी –५ का  ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको मादी नगरपालिका – ५ का वडाध्यक्ष नेत्र प्रसाद दाहाल जानकारी दिए । 

    काज किरियाका लागि बसेका श्रीमान राजेन्द्रबाबु र श्रीमती कमलाको आगलागीमा परेर बिहीबार राति १ बजे मृत्यु भएको वडाध्यक्ष दाहालले बताए। सात दिन अघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि उनीहरु बसेका थिए । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटना स्थलमै मृत्यु भएको उनले बताए । 

    बुबा कृष्णप्रसादको काजकिरियाका लागि चार छोरा बुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए । श्रीमान राजेन्द्रबाबु र श्रीमती कमला काज किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घर तर्फ लागेका थिए । 

    उनीहरु निकै बेर नफर्किए पछि खोजी गर्ने गर्दा घरमा आगलागी भएको देखेपछि स्थानीयहरु राजेन्द्रबाबुको घरमा ढोका बन्द गरिएको रहेछ । ढोका फोरेर भित्र पस्दा राजेन्द्रबाबु आगोमा परेर जलेका थिए भने श्रीमती कमला जलेर मृत अवस्थामा फेला परेको वडाध्यक्ष दाहाले बताए । 

    घटनाको प्रकृति हेर्दा आत्महत्या भएको हुन सक्ने उनले बताए । घरको माथिको तलामा मट्टितेल र दाउरा फेला परेका कारण घटना शंकास्पद भएको उनले बताए । इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाको टोली घटना स्थल जाँदै छ । 

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - ११:३९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij