Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कोरोनाका कारण माओवादी पोलिटब्यूरो सदस्य वाइवाको निधन

कोरोनाका कारण माओवादी पोलिटब्यूरो सदस्य वाइवाको निधन


  • 5.5K
    Shares

    कोरोनाका कारण माओवादी पोलिटब्यूरो सदस्य वाइवाको निधन
    images

    काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा)को निधन भएको छ ।

    नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए ।

    उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं.  ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।२००० साल फागुनमा जन्मिएका तामाङ वामपन्थी नेता जयगोविन्द शाहको नेतृत्वमा ग्रामीण वर्गसंघर्ष हुँदा ‘तमसुक फट्टा’ आन्दोलनमा सक्रिय भएर उत्पीडित वर्गको पक्षमा उभिएका थिए ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १०:४४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij