Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


  • 1.1K
    Shares

    ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ । बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

    साथे, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
       

    images
    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - ११:१६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij