Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

मलेसियामा भ्यान दुर्घटना : १ नेपालीको मृत्यु, ८ घाइते

मलेसियामा भ्यान दुर्घटना : १ नेपालीको मृत्यु, ८ घाइते


  • 7.6K
    Shares

    मलेसियामा भ्यान दुर्घटना : १ नेपालीको मृत्यु, ८ घाइते
    images

    मलेसियामा सडक दुर्घटनामा परी एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । साथै ८ जना नेपाली घाइते भएका छन् । 

    मंगलबार रातिको ड्युटी सकेर होस्टल फर्किने क्रममा बुधबार बिहान स्थानीय जलान तुलाङ डार्ट–इस्टर्न डिस्पर्सल लिङ एक्सप्रेसवेमा उनीहरु यात्रा गरिरहेको भ्यान दुर्घटनामा परेको थियो । 

    भ्यानमा मलेसियाली चालक र ८ नेपाली सुरक्षागार्ड रहेको मलेसियास्थित नेपाली दूतावासले बताएको छ । दुर्घटनामा परी तनहुँका झपटबहादुर थापाको घटनास्थलमै निधन भएको छ । 

    त्यस्तै चन्द्र श्रेष्ठ, खड्ग सुनार, विनोद बास्कोटा, दुर्गा रायमाझी, निम्बाङ तामाङ, जय बहादुर बुढाथोकी, जीतबहादुर थापा र रामकुमार सापकोटा घाइते भएका छन्  । 

    जोहोरको थाम्पसन अस्पताल नजिकै बन्डार जाँदै गरेको अवस्थामा जालान स्टुल लाउटमा तीव्र गतिका कारण उक्त सवारी दुर्र्घटनामा परेको स्थानीय प्रहरीको दाबी छ । नेपालीहरु के फोर्स सेक्युरिटी र सुपरियर प्रोटेक्सन एसडिएन, बिएचडी कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका थिए । 

    दुर्घटनामा मलेसियाली चालकको पनि निधन भएको छ । घाइते ८ मध्ये ६ जना उपचारपछि होस्टेल फर्किसको र दुई जनाको स्थानीय सुल्तानाह अमिनाह अस्पतालमा उपचार भइरहेको बताइएको छ । भ्यान बिजुलीको खम्बामा ठोकिन पुगेको थियो ।

     

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १०:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij