Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

रास्वपाको पहिलो केन्द्रीय समिति बैठकको यस्ता छन् निर्णय

रास्वपाको पहिलो केन्द्रीय समिति बैठकको यस्ता छन् निर्णय


  • 1.7K
    Shares

    रास्वपाको पहिलो केन्द्रीय समिति बैठकको  यस्ता छन् निर्णय
    images


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको छ। 

    बुधबार नवनिर्वाचित पदाधिकारीका र केन्द्रीय सदस्यको शपथ लगत्तै केन्द्रीय समितिको बैठक बसेको हो। बैठकले पहिलो महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। 

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपाका सहमहामन्त्री हरि ढकालले पार्टीका विभिन्न आयोगको नेतृत्व चयन गरिएको बताए। उनका अनुसार, केन्द्रीय समितिले निर्वाचन, लेखा र अनुशासन आयोगमा नेतृत्व चयन गर्ने निर्णय गरेको छ। 

    निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई कायम राख्ने निर्णय भएको ढकालले जानकारी दिए। अनुसशान आयोगमा भने नयाँ नेतृत्व चयन भएको छ। अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ। कास्कीका पौडेल पूर्वन्यायाधीश हुन्।

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १६:०६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij