Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज सुन चाँदीको भाउमा सामान्य गिरावट

आज सुन चाँदीको भाउमा सामान्य गिरावट


  • 1.7K
    Shares

    आज सुन चाँदीको भाउमा सामान्य गिरावट
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ३८ हजार २५५ रुपैयाँ रहेको थियो।

    साथै, सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा झरेको छ। 

    मंगलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार ६६० रुपैयाँ ५० पैसा कायम भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

    images
    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - ११:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij