Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत

भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत


  • 1.2K
    Shares

    भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
    images

    काठमाडौं । जुन महिनामा भारतले रुसबाट आयात गर्ने कच्चा तेलको मात्रा नयाँ कीर्तिमान स्तरमा पुग्न सक्ने अनुमान गरिएको छ । ऊर्जा विज्ञ अनस अलहाजीले भारतीय बन्दरगाहहरूमा रुसी कच्चा तेल बोकेका ट्याङ्करहरूको असाधारण भीड देखिएको दाबी गरेका छन् । 

    एनजीपी इनर्जी क्यापिटल म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री अनस अलहाजीका अनुसार, उनले भारतीय बन्दरगाहहरूमा यति धेरै रुसी तेल बोकेका ट्यांकरहरू यसअघि कहिल्यै नदेखेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको केप्लरको नक्सामा भारतका विभिन्न बन्दरगाहतर्फ रुसी कच्चा तेल बोकेका थुप्रै ट्याङ्कर गइरहेको देखाइएको छ ।

    उनले भने, ‘मैले जुन महिनाको सुरुमै भनेझैँ, यदि यस महिना भारतको रुसी कच्चा तेल आयात नयाँ उचाइमा पुग्यो भने मलाई कुनै आश्चर्य लाग्ने छैन,’ । यो अभिव्यक्ति सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर ९सीआरईए०को प्रतिवेदन सार्वजनिक भएको केही सातापछि आएको हो । 

    प्रतिवेदनअनुसार, मे महिनामा भारत रुसबाट जीवाश्म इन्धन खरिद गर्ने विश्वकै दोस्रो ठूलो खरिदकर्ता बनेको थियो । उक्त अवधिमा भारतले अनुमानित ६ अर्ब ७० करोड डलर बराबरको रुसी हाइड्रोकार्बन आयात गरेको थियो ।  

     

    images
    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १७:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij