Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

विष्णु पौडेलको रिटमा दीपक भट्ट जोडिएको मुद्दाको मिसिल माग

विष्णु पौडेलको रिटमा दीपक भट्ट जोडिएको मुद्दाको मिसिल माग


  • 1.5K
    Shares

    विष्णु पौडेलको रिटमा दीपक भट्ट जोडिएको मुद्दाको मिसिल माग
    images

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ। 

    मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको वरिष्ठ अधिवक्ता ईश्वर भट्टराईले जानकारी दिएका हुन्। सर्वोच्चले पौडेल जोडिएको विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दिपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कलै मिसिल झिकाउन भनेको छ।

    पौडेलविरुद्ध सोही अभियोग अन्तर्गत पुरक अभियोग लैजाने गरी अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मिसिल माग गरेको हो। पौडेलका कानुन व्यवसायीले भने मूल मुद्दामा विष्णु पौडेलका विरुद्धमा कुनै पनि कसुर नदेखिने दाबी गरेका छन्। उनीहरूको दाबीपछि सर्वोच्चले उक्त मिसिल झिकाउँदै बिहीबारका लागि अर्को पेसी तोकेको छ। 

    पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनले थुनामुक्त गर्न आदेश माग गरेकी थिइन्। 

    यसअघि असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो। 

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १६:४१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij